भर्खरै स्थापना भएका दुई लघुवित्तको यस्तो छ वित्तीय अवस्था

Aug 13, 2019 11:53 AM Merolagani



हालसालै स्थापना भएका ग्रामीण स्वयंसेवक लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले मंगलबार गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

ग्रामीण स्वयंसेवक लघुवित्तले गत वर्षको चौंथो त्रैमाससम्ममा ६० लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

२०७५ साउन ३० गतेदेखि सञ्चालनमा आएको लघुवित्तको चुक्ता पूँजी ४ करोड ६० लाख रुपैयाँ रहेको छ।  यस अवधिमा लघुवित्तले २४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन र ३९ करोड ७२ लाख सापटीबाट ६४ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। 

चौंथो  त्रैमाससम्म लघुवित्तले ९ करोड २० लाख ब्याज आम्दानी र ५ करोड ५१ लाख ब्याज खर्च गरी ३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.०८ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ५१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.८९ गुणा बढी छ। 

यसैगरी राष्ट्र उत्थान लघुवित्तले गत वर्षको चौंथो त्रैमाससम्ममा १३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले २०७५ फागून ८ गतेबाट वित्तीय कारोबारको सुरुवात गरेको थियो। 

चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको लघुव्रित्तको जगेडा कोषमा एक करोड ७४ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तले ४९ करोड ४९ लाख निक्षेप संकलन र ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन मार्फत् एक अर्ब २२ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले ७ करोड ६ लाख ब्याज आम्दानी र ३ करोड ९९ लाख ब्याज अर्च गरी ३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशत रहेको छ। 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।