प्राइम बैंकका निवर्तमान प्रमुख कार्यकारीले हालेको राष्ट्र बैंक विरुद्धको रीटमा अन्तरिम आदेश जारी

Aug 13, 2019 04:53 PM Merolagani



सर्वोच्च अदालतले प्राइम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको उमेर हद सम्बन्धी ब्यवस्था खारेजी सम्बन्धी रीटमा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मंगलबार भएको आदेशमा  मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्र बैंकले  सर्कुलर मार्फत लागू गरेको उमेर हदका कारण प्राईम बैंकको प्रमुख कार्यकारी पदबाट हट्न परेपछि मानन्धरले राष्ट्र बैंक विरुद्ध मुद्धा हालेका थिए।

सर्वोच्चले राष्ट्र बैंकको नाममा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश पनि जारी गरेकाले मानन्धर फेरि पदमा बहाली भएका छन्।  

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा प्रमुख कार्यकारी र संचालकहरुलाई उमेर हद लगाई बैंकको जिम्मेवारी बहन गर्नबाट बाधा सिर्जना गर्ने खालको ब्यवस्था भएको भन्दै सर्कुलर मार्फत भएको ब्यवस्था खारेजीको माग गर्दै उनले रीट हालेका हुन्। 

यद्यपी राष्ट्र बैंकको तर्फबाट भने मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सञ्चालक  तथा कार्यकारी प्रमुखका लागि कुनै हदबन्दी नलाग्ने संकेत गरेको देखिन्छ ।

राष्ट्र बैंकले साउन २० गते सोमबार एकीकृत निर्देशन जारी गर्दै ६५ वर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ वर्ष पूरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेको छ भने बैंकका संचालक हुन् ७० बर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नपाउने र ७४ वर्ष पूरा भएको ब्यक्ति पदमा बहाल नरहने व्यवस्था गरेको छ ।

सर्वोच्चले बैंक तथा बित्तीय सं्रस्थाहरुको प्रमुख कार्यकारीहरुको उमेर हद तोक्ने ब्यवस्था  बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनले ब्यवस्था गरेको नदेखिएको, अधिकतम उमेर हद नतोकेको ठहर गरेको छ । 

राष्ट्र बैंकले निवेदक मानन्धरको मौलिक हक नै कुण्ठित हुने खालको ब्यवस्था गरेकाले साउन २० गतेको निर्देशनको क्रम संख्या ११ (२) मा भएको ब्यवस्था कार्यान्वयनमा रोक लगाई निजलाई प्रमुख कार्यकारीको रुपमा काम गर्न दिनु भनी अदालतले आदेश दिएको छ । 

यस्तो छ सर्वोच्चको आदेश:-

 

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेसँगै मानन्धर प्राइम बैंकमा प्रमुख कार्यकरी पदमा नियुक्त भएको चार दिनमा नै पद मुक्त भएका थिए । यो सँगै एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नबिल बैंकका अध्यक्ष पनि फेरि पल्दमा बहाली हुने सम्भावना बढेको छ । 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।