युनिभर्सल पावर कम्पनीमा नयाँ अध्यक्ष

Aug 15, 2019 05:28 PM Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) ले उत्तम भ्लोन लामालाई नयाँ अध्यक्ष चयन गरेको छ । साउन २९ गते सम्पन्न सञ्चालक समिति बैठकले सोही दिनदेखि लागू हुनेगरी लामालाई अध्यक्ष चयन गरेको हो।

जेठ २० गते सम्पन्न कम्पनीको साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित प्रभुलाल अधिकारी सञ्चालक समितिको अध्यक्ष बनेका थिए। दुई महिना नै अधिकारीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

यसअघिका अध्यक्ष प्रभुलाल अधिकारीले दिएको राजीनामा समेत उक्त सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।  नयाँ अध्यक्ष आएपछि कम्पनीले थप प्रगति गर्ने विश्वास लिएको छ ।

 

युनिभर्सल पावर कम्पनीको जेठ २० गते सम्पन्न आव २०७४/०७५ को साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट निर बहादुर बुढाथोकी, गोकर्ण पराजुली, उत्तम ब्लोन लामा, र विनयकुमार भण्डारी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट महिला सञ्चालक लक्ष्मी पौडेल सहित प्रभुलाल अधिकारी र भोज कुमार खड्का निर्बिरोध निर्वाचित भएका थिए।

यसअघि साउन २८ गते सम्पन्न सञ्चालक समिति बैठकले महिला सञ्चालक लक्ष्मी पौडेल, सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक भोज कुमार खड्का र स्वतन्त्र सञ्चालक रमेश प्रसाद सापकोटाले साउन २७ गतेदेखि लागू हुनेगरि दिएको राजीनामा स्वीकृत गरेको थियो। रिक्त सञ्चालक पदमा रमेश प्रसाद नेपाल र रोजी महर्जनलाई साउन २८ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको थियो।  साथै कम्पनीले साउन २८ गतेदेखि विनय कुमार भण्डारीलाई कम्पनीको प्रबन्ध सञ्चालक नियुक्त गरेको कम्पनी सचिव देव कुमार श्रेष्ठले जानकारी दिए।

दोलखामा ११ मेगावट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले हालै ९३ लाख कित्ता आइपीओ बिक्री गरी फागुन १५ गते बाँडफाँड गरेको थियो।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।