रिलायन्स लाइफको दोश्रो वार्षिक साधारण सभाले पारित गर्यो ६३ करोडको आईपीओ प्रस्ताव

Aug 16, 2019 03:08 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

साउन ३१ गते शुक्रबारका सम्पन्न सभाले अध्यक्ष ताराचन्द केडियाकले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ।

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड कम्पनी सिद्धार्थ बैँक लगायत प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित संस्था हो। रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ८८ वटा शाखा-उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।