ट्रेजरी बिल बिक्रीबाट २ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, सोमबार बोलकबोल

Aug 18, 2019 06:05 PM Merolagani



नेपाल राष्ट्र बैंकले भदौ २ गते सोमबार २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बजारमा तरलता सन्तुलन राख्न ट्रजरी बिल बिक्रीमार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । 

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा  सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

भदौ ३ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । उक्त ट्रेजरी बिल २०७६ मंसिर ३ गते परिपक्क हुनेछ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन । बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले यसअघि साउन २७ गते १० करोडको ट्रेजरी बिल बिक्री गरेको थियो । जसमा ०.०००४ डिस्काउण्टदर कायम भएको थियो।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।