मुक्तिनाथ रेमिटको '७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन

Aug 18, 2019 05:47 PM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ।

बैंकले यक्त योजना भदौ १ देखि कार्तिक ३० गतेसम्म लागू हुने जनाएको छ। अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहक मध्येबाट भाग्यशाली विजेता घोषणा हुनेछन्।

जसमा ग्राहकहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गर्नेछ। ७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाईल सेट, ७ जनालाई ३२ इन्च स्मार्ट एचडि टिभी, ५ जनालाई २०० लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटर वितरण गरिने जनाइएको छ।

भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाट २०७६ मंसीर १५ गते आइतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। बैंकले यस अभियानबाट अत्याधिकविप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।