हिमाल दोलखाको आईपीओ बाँडफाँड, निष्काशित सबै शेयर बिक्री नहुँदा चार प्रत्याभूतिकर्ताको थाप्लोमा

Aug 22, 2019 07:57 PM Merolagani



हिमाल दोलखा हाइड्रोपावर (HIMAL) ले निष्काशन गरेको साधारण शेयर बिहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। आईपीओमा आवेदन गरेका सबै लगानीकर्ताले माग अनुसारको नै शेयर प्राप्त गरेका छन् भने निष्काशित सबै शेयर बिक्री नहुँदा चार प्रत्याभूतिकर्ताले बाँकी शेयर सकार्नुपर्ने अवस्था आएको छ ।

कम्पनीको आईपीओमा आवेदन गरेर सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले असार २५ देखि साउन २८ गतेसम्म सर्वसाधारणमा ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्काशनमा ल्याएको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरिएको थियो। 

जसमध्ये सामूहिक लगानीकोषका इकाईलाई आरक्षण गरिएको २५ हजार कित्ता बिक्री भएको छ भने हिमाल दोलखा हाइड्रोपावरका कम्पनीहरुका कर्मचारिका लागि आरक्षित गरेको १ लाख ५३ हजार ४४४ कित्ता शेयर पनि कुनैपनि कर्मचारिले किनेनन्। कर्मचारिले नकिनेपछि बाँकी सो शेयर समेत जोडेर ७६ लाख ४७ हजार २१० कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँडमा सरिक गराइएको हो।

कम्पनीको आईपीओमा आवेदन गरेर सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड भएको छ।

बाँकी ४५ लाख ५३ हजार ९६० कित्ता शेयर प्रत्याभूतिकर्ताहरु बिओके क्यापिटल, नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग, लक्ष्मी क्यापिटल, र नेपाल बंगलादेश क्यापिटलले सकार्नुपर्ने भएको छ।

कम्पनीले निष्काशन गरेको शेयरमध्ये बिओके क्यापिटलले सबैभन्दा धेरै ३२.८६ प्रतिशत, नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१, लक्ष्मी क्यापिटलले २५ प्रतिशत, र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए। अवितरित शेयर अब प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नेछन्।

हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरेको थियो। कम्पनीका कर्मचारीले एक कित्ता शेयर पनि  नकिनेका हुन्।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुगेको छ।

हिमाल दोलखा हाइड्रोपावरले इलामको इलामनगरपालिकामामाई खोला स्मल हाइड्रोपावर र माई खोला स्मलक्यास्केड गरि दुई वटा आयोजना सञ्चालनगरिरहेको छ। माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मलक्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

यस्तै कम्पनीले केबीएनआर इशुवापावर लिमिटेड (९७.२ मेगावाट मा १) प्रतिशत शेयर लगानी गरेको छ । त्यस आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ।

कम्पनीले आव २०७६/७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७/७८ मा १४ करोड १२ लाख रुपैयाँखुदनाफाकमाउने प्रक्षेपण रहेको छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।