आँधिखोला लघुवित्तको नेप्सेमा सोमबारदेखि शेयर कारोबार खुल्दै, कतिमा होला पहिलो कारोबार ?

Aug 25, 2019 03:19 PM Merolagani



आँघिखोला लघुवित्तको भदौ ९ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुचारु हुने भएको छ। शेयर कारोबारका लागि कम्पनीले आइतबार आईपीओ सहित कूल १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

यससँगै लघुवित्तको आईपीओ प्राप्त गरेका लगानीकर्ताले सोमबारदेखि खरिद बिक्री गर्न सक्नेछन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि “एकेबिएसएल” (AKBSL) कारोबार संकेत प्रदान गरेको छ ।सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको यहि सिम्बोलमा कारोबार हुनेछ ।

यसैगरि नेप्सेले लघुवित्तको  पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६  पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ। 

नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र  नेटवर्थको अधिकतम तीन गुणासम्म आपनिङ्ग रेञ्ज प्रदान गर्ने गरेको छ। 

 

आँधिखोला लघुवित्तले गत असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरी असार ३० गते बाँडफाँड गरेको थियो। आईपीओमा आवेदन गर्नेमध्ये १२.४८ प्रतिशतले मात्र शेयर हात पारेका थिए। यस्तै ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकार्इृहरुका लागि बाँडफाँड गरिएको थियो।

आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।

स्याङ्जा भीरकोट १ बयरघारी केन्द्रीय कार्यालय रहेको लघुवित्तले स्याङ्जा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ्ग गरी १० जिल्लामा १९ शाखा विस्तार गरी वित्तीय सेवा दिँदै आएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।