ग्लोबल आइएमई बैंकमा तीन दिनमै साना तथा मझौला व्यवसायी कर्जा पाइने

Aug 26, 2019 10:22 AM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले ३ दिनभित्र साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) योजना ल्याएको जनाएको छ।

साना तथा मझौला व्यवसायी कर्जा लिन चाहने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकबाट कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा यस योजना अन्तर्गत ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृृद्धि गर्ने उद्देश्यका साथ कर्जा लिने समयावधि घटाएको बैंकले जनाएको छ।

लक्षित ग्राहकहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

सेवाअन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोडसम्म ऋण उपलब्ध गराइने छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।