समता लघुवित्तको २०० प्रतिशत हकप्रद निष्काशन अनुमति

Aug 27, 2019 10:46 AM Merolagani

समता लघुवित्त वित्तीय संस्था (SMATA) ले नियामक निकाय धितोपत्र बोर्डबाट चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ। पूँजीवृद्धिका लागि लघुवित्तले भारी मात्रामा हकप्रद बेच्न लागेको हो।

लघुवित्तले १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री अनुमति पाएको हो । 

हकप्रद निष्काशनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ छ। हकप्रदपश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा लघुवित्तले अघिल्लो आवको तुलनामा २४९ प्रतिशतले खुद नाफा बढाएर २ करोड ५७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३२ पैसा कायम गरेको छ। लघुवित्तको जगेडा कोषमा ८ करोड ४२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ ।

लघुवित्तको भदौ ९ गते दोस्रो बजारमा प्रतिकित्ता एक हजार २९० रुपैयाँमा शेयर कारोबार भएको छ। हकप्रदबाट विद्यमान शेयरधनीलाई शेयर बिक्री गरेर पूँजी संकलन गरिने भएकाले हकप्रदको लोभमा उच्च मूल्यमा शेयर खरिद गर्नु जोखिम हुनसक्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।