बेष्ट फाइनान्सको ८ लाख कित्ता शेयर लिलामी खुल्यो, सबै बिक्री हुनेमा आशंका

Aug 28, 2019 12:10 PM Merolagani



बेष्ट फाइनान्सले हकप्रदमा अवितरित ८ लाख २ हजार २२४ कित्ता शेयरमा भदौ ११ गतेदेखि लिलामी आवेदन खुला गरेको छ। धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ९६ रुपैयाँमा कारोबार भैरहेकोले कम्पनीको शेयर बिक्री हुन कठिन पर्ने देखिएको छ ।

फाइनान्सले फाइनान्सले संस्थापकतर्फ ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा बोलपत्र पेश गर्नुपर्ने भएकाले कम्पनीको सबै शेयर बिक्री हुन कठिन हुने देखिन्छ। दोस्रो बजारमा नै लिलामीबाट किन्ने भन्दा सस्तो पाइने भएकाले कम्पनीको शेयरमा आवेदन नै पर्दैन कि भन्ने चासो पनि विद्यमान देखिन्छ।

लगानीकर्ताले सर्वसाधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी लिलामीमा ल्याइएको सम्पूर्ण कित्ताका बोलपत्र पेश गर्न सक्नेछन् ।

बेष्टमा गाभिएको साबिकको सिनर्जीले जारी गरेको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रदमा अवितरित शेयर ८ लाख ५ हजार कित्ता शेयर यसअघि गत पुस ११ देखि माघ १० गतेसम्म लिलामी बिक्रीमा ल्याइएपनि सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो।

हकप्रदमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, बेष्ट फाइनान्सको सबै शाखा कार्यालयहरु र प्रभु बैंकको तोकिएको शाखा कार्यालयहरु मार्फत भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।