बेष्ट फाइनान्सको ८ लाख कित्ता शेयर लिलामी खुल्यो, सबै बिक्री हुनेमा आशंका

Aug 28, 2019 12:10 PM Merolagani



बेष्ट फाइनान्सले हकप्रदमा अवितरित ८ लाख २ हजार २२४ कित्ता शेयरमा भदौ ११ गतेदेखि लिलामी आवेदन खुला गरेको छ। धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ९६ रुपैयाँमा कारोबार भैरहेकोले कम्पनीको शेयर बिक्री हुन कठिन पर्ने देखिएको छ ।

फाइनान्सले फाइनान्सले संस्थापकतर्फ ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा बोलपत्र पेश गर्नुपर्ने भएकाले कम्पनीको सबै शेयर बिक्री हुन कठिन हुने देखिन्छ। दोस्रो बजारमा नै लिलामीबाट किन्ने भन्दा सस्तो पाइने भएकाले कम्पनीको शेयरमा आवेदन नै पर्दैन कि भन्ने चासो पनि विद्यमान देखिन्छ।

लगानीकर्ताले सर्वसाधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी लिलामीमा ल्याइएको सम्पूर्ण कित्ताका बोलपत्र पेश गर्न सक्नेछन् ।

बेष्टमा गाभिएको साबिकको सिनर्जीले जारी गरेको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रदमा अवितरित शेयर ८ लाख ५ हजार कित्ता शेयर यसअघि गत पुस ११ देखि माघ १० गतेसम्म लिलामी बिक्रीमा ल्याइएपनि सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो।

हकप्रदमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, बेष्ट फाइनान्सको सबै शाखा कार्यालयहरु र प्रभु बैंकको तोकिएको शाखा कार्यालयहरु मार्फत भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।