ग्लोबल आइएमई र हाथवे फाइनान्सले भदौ १८ गते देखि एकीकृत कारोबार गर्ने

Sep 02, 2019 01:28 PM Merolagani



ग्लोबल आईएमई बैंक (GBIME) ले भदौ १८ गते बुधबारदेखिदेखि हाथवे फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ। नेपाल राष्ट्र बैंकबाट भदौ ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ १५ गते  अन्तिम स्वीकृति पाएसँगै बैंकले एकीकृत कारोबारको मिति तय गरेको हो। 

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको साउन ४ गते एकै दिन सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो।

बैंकले फाइनान्सलाई १००ः४२ को शेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। हाल ग्लोवल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ कायम छ । हाथवेलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ। 

ग्लोबल आईएमई बैंकले जनता बैंकलाई पनि १००ः८५ को शेयर स्वाप अनुपातमा मर्जर गर्ने सम्झौता गरिसकेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।