तीन लाख कित्ता शेयर तथा डिबेञ्चरको लिलामी खुल्यो

Sep 02, 2019 01:44 PM Merolagani



सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम (SEOS) ले आफ्नो स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु बोलकबोल मार्फत बिक्री खुल्ला गरेको छ। 

ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वको ३ लाख २ हजार कित्ता शेयर तथा डिबेञ्चर भदौ १६ गते सोमबारदेखि बिक्री खुला गरेको हो। जसमध्ये १६ कम्पनीको २ लाख ७६ हजार कित्ता शेयर र ३ कम्पनीको २६ हजार कित्ता डिबेञ्चर रहेका छन्।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेको छ। योजना व्यवस्थापकले योजना खारेजीमा लैजान फण्डको स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु लिलामी बिक्रीमा ल्याएको हो।

फण्डले लिलामीमा ल्याएको शेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ भने युनिलिभर नेपालको सबैभन्दा थोरै ८० कित्ता रहेको छ।

लिलामी शेयरमा सर्वसाधारण व्यक्ति, फर्म तथा कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल मार्फत भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। लिलामी शेयरमा परेको बोलपत्र आवेदन भदौ २३ गते बिहान १० बजे खोलिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

लिलामीमा ल्याइएको सूचीकृत कम्पनीको शेयर तथा डिबेञ्चर संख्या:-

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।