तीन लाख कित्ता शेयर तथा डिबेञ्चरको लिलामी खुल्यो

Sep 02, 2019 01:44 PM Merolagani

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम (SEOS) ले आफ्नो स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु बोलकबोल मार्फत बिक्री खुल्ला गरेको छ। 

ओरियन्टेड स्कीमले आफ्नो स्वामित्वको ३ लाख २ हजार कित्ता शेयर तथा डिबेञ्चर भदौ १६ गते सोमबारदेखि बिक्री खुला गरेको हो। जसमध्ये १६ कम्पनीको २ लाख ७६ हजार कित्ता शेयर र ३ कम्पनीको २६ हजार कित्ता डिबेञ्चर रहेका छन्।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम साउन ६ गते परिपक्क भइसकेको छ। योजना व्यवस्थापकले योजना खारेजीमा लैजान फण्डको स्वामित्वमा रहेको शेयर तथा डिबेञ्चरहरु लिलामी बिक्रीमा ल्याएको हो।

फण्डले लिलामीमा ल्याएको शेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ भने युनिलिभर नेपालको सबैभन्दा थोरै ८० कित्ता रहेको छ।

लिलामी शेयरमा सर्वसाधारण व्यक्ति, फर्म तथा कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल मार्फत भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। लिलामी शेयरमा परेको बोलपत्र आवेदन भदौ २३ गते बिहान १० बजे खोलिने सिद्धार्थ क्यापिटलले जनाएको छ।

लिलामीमा ल्याइएको सूचीकृत कम्पनीको शेयर तथा डिबेञ्चर संख्या:-

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।