नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबि बैंकको ऋणपत्र सूचीकृत

Sep 02, 2019 02:47 PM Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबि बैंकले बिक्री गरेको ऋणपत्र सूचीकृत धितोपत्र बजारमा सूचीकृत भएको छ। भदौ १६ गते नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख युनिट र एनएमबी बैंकको १६ लाख ८४ हजार युनिट ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।

इन्भेष्टमेन्ट बैंकले आफ्नो पूँजी कोष बलियो बनाउन जेठ २४ गते देखि प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा कूल २० लाख युनिट ऋणपत्र बिक्री गरेको थियो। सोही डिबेञ्चर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गरेको ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

त्यसैगरी एनएमबि बैंकले बिक्री गरेको १६ लाख ८४ हजार कित्ता डिबेञ्चर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

एनएमबि बैंकले फागुन ३० गतेदेखि दश प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो जसमध्ये १६ लाख ८४ हजार कित्ता मात्र बिक्री भएको थियो।

ऋणपत्र सूचीकरण पश्चात लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गनुका साथै धितो राखेर ऋण समेत लिन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।