इक्रा नेपालले ३३ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

Sep 05, 2019 01:07 PM Merolagani



रेटिङ्ग एजेन्सी इक्रा नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर वार्षिक साधारणसभा आह्वान गरेको छ। इक्रा नेपालले असोज १० गते दिउँसो साढे २ बजे होटल अन्नपुर्ण दरबारमार्गमा सातौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूजीको ३३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।

इक्राको चुक्ता पुँजी दुई करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्षको भन्दा यस वर्ष लाभांश दर बढाएको हो। गत वर्ष उसले चुक्ता पूजीको २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

इक्रा नेपाल इक्रा लिमिटेडको सहायक कम्पनी हो।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।