इक्रा नेपालले ३३ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

Sep 05, 2019 01:07 PM Merolagani



रेटिङ्ग एजेन्सी इक्रा नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर वार्षिक साधारणसभा आह्वान गरेको छ। इक्रा नेपालले असोज १० गते दिउँसो साढे २ बजे होटल अन्नपुर्ण दरबारमार्गमा सातौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूजीको ३३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।

इक्राको चुक्ता पुँजी दुई करोड रुपैयाँ रहेको छ। कम्पनीले गत वर्षको भन्दा यस वर्ष लाभांश दर बढाएको हो। गत वर्ष उसले चुक्ता पूजीको २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

इक्रा नेपाल इक्रा लिमिटेडको सहायक कम्पनी हो।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।