आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित ज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

Sep 06, 2019 01:37 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो साधारण सभा बोलाएको छ । कम्पनी संचालक समितिको भदौ १९ गते बसेको ४६ औं बैठकले अशोज १२ गते बिहान रजिष्ट्रारकाे कार्यालय पोखरामा साधारण सभा बोलाएकाे हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गर्दै छ ।आइपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

साधारण सभामा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिबेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह र एनएफआरएस प्रणाली अनुसारको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

कम्पनीले यस अघि नै शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल नियुक्त गरिसकेको छ ।

कम्पनीले संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरिसकेको छ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको हिस्सा ७० प्रतिशत तथा साधारण लगानीकर्ताको ३० प्रतिशत हुनेछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।