अमेरिका–चीनबीच व्यापार वार्ता हुने संकेतसँगै एशियाली शेयर बजारमा सुधार

Sep 06, 2019 01:26 PM Agency



अमेरिका र चीनबीच आगामी महिना व्यापार वार्ता पुनः सुरू भएर दुई देश बीच जारी व्यापार युद्ध कम हुने संकेत देखिएसँगै शुक्रबार प्रमुख एशियाली शेयर बजार परिसूचकमा सुधार देखिएको छ ।

चिनियाँ शेयर परिसूचक साङ्घाई कम्पोजिट ०.१ प्रतिशत बढेको छ भने हङकङको हाङसेङमा ०.३ प्रतिशतको सुधार देखिएको छ।

जापानको निक्केईमा ०.६ प्रतिशतको बढोत्तरी देखिएको छ। यसेगरी अस्ट्रेलियन स्टक ०.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ०.३ प्रतिशत उकालो लागेको छ।

बिहीबार जापानको निक्केई २२५ परिसूचक २ दशमलव १२ प्रतिशत बढेर २१ हजार ८५ दशमलव ९४ विन्दुमा पुगेको थियो।

चीनले अमेरिकासँगको व्यापारवार्ता वाशिङ्टनमा अक्टोबरको सुरूवातमै गर्ने जानकारी दिएसँगै एशियाली शेयर बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ। उक्त व्यापार वार्तामा विश्वव्यापी रुपमा असर पारिरहेको दुई देश बीचको व्यापार युद्ध कम गर्नका लागि पर्याप्त प्रगति हुने अपेक्षा राखिएको छ।

चीन र अमेरिकाले व्यापार वार्ताकै बीच एकअर्काको मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व शेयर बजारमा नकारात्मक असर परेको थियो। दुवै मुलुकबीच १ वर्षभन्दा अघिदेखि जारी व्यापारयुद्धले विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको थियो।

बिहीवार ब्रेक्जिटको विषयमा बेलायती संसदमा भएको निर्वाचनको नतीजाले पनि एशियाली शेयर बजारमा सुधारका लागि बाटो खुलेको बताइएको छ।

-एजेन्सी




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।