अमेरिका–चीनबीच व्यापार वार्ता हुने संकेतसँगै एशियाली शेयर बजारमा सुधार

Sep 06, 2019 01:26 PM Agency



अमेरिका र चीनबीच आगामी महिना व्यापार वार्ता पुनः सुरू भएर दुई देश बीच जारी व्यापार युद्ध कम हुने संकेत देखिएसँगै शुक्रबार प्रमुख एशियाली शेयर बजार परिसूचकमा सुधार देखिएको छ ।

चिनियाँ शेयर परिसूचक साङ्घाई कम्पोजिट ०.१ प्रतिशत बढेको छ भने हङकङको हाङसेङमा ०.३ प्रतिशतको सुधार देखिएको छ।

जापानको निक्केईमा ०.६ प्रतिशतको बढोत्तरी देखिएको छ। यसेगरी अस्ट्रेलियन स्टक ०.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ०.३ प्रतिशत उकालो लागेको छ।

बिहीबार जापानको निक्केई २२५ परिसूचक २ दशमलव १२ प्रतिशत बढेर २१ हजार ८५ दशमलव ९४ विन्दुमा पुगेको थियो।

चीनले अमेरिकासँगको व्यापारवार्ता वाशिङ्टनमा अक्टोबरको सुरूवातमै गर्ने जानकारी दिएसँगै एशियाली शेयर बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ। उक्त व्यापार वार्तामा विश्वव्यापी रुपमा असर पारिरहेको दुई देश बीचको व्यापार युद्ध कम गर्नका लागि पर्याप्त प्रगति हुने अपेक्षा राखिएको छ।

चीन र अमेरिकाले व्यापार वार्ताकै बीच एकअर्काको मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व शेयर बजारमा नकारात्मक असर परेको थियो। दुवै मुलुकबीच १ वर्षभन्दा अघिदेखि जारी व्यापारयुद्धले विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको थियो।

बिहीवार ब्रेक्जिटको विषयमा बेलायती संसदमा भएको निर्वाचनको नतीजाले पनि एशियाली शेयर बजारमा सुधारका लागि बाटो खुलेको बताइएको छ।

-एजेन्सी




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।