सनराइज बैंकको रामेछापको मन्थलीमा शाखा विस्तार

Sep 06, 2019 03:48 PM Merolagani

सनराइज बैंकले रामेछापको मन्थलीमामा आफ्नो १२२ औं शाखा विस्तार गरेको छ । बैंकको शाखाकाे बिहीबार मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा उद्घाटन गरेका हुन् ।

ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरेको छ । 

हालसम्म बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा संजाल विस्तार गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।