व्यवसायीले कर कार्यालय र बैंकमा बुझाउने विवरण एउटै हुनुपर्ने

Sep 06, 2019 04:39 PM merolagani



अबदेखि व्यवसायीले ऋण प्रवाह गर्न कर कार्यालयमा बुझाएको वित्तीय विवरणको आधारमा मात्र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण प्राप्त गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले राजश्व ब्यवस्थापन महाशाखाको अनुरोधमा बैंकहरुलाई उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार ब्यवसायीहरुले आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको व्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु पर्नेछ ।

ब्यवसायीले कर्जा लिने क्रममा बैंकलाई नाफाको विवरण बुझाउने र सरकारलाई राजश्व बुझाउँदा घाटाको विवरण प्रस्तुत गरेकाे पाइए पछि केन्द्रिय बैंकले उक्त गतिबिधिलाई नियन्त्रण गर्न यस्तो ब्यवस्था गरेकाे हाे।

राष्ट्र बैंकले  दिएकाे निदेर्शन हेर्नुहाेस्





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।