नेपाल इन्भेस्टमेन्ट बैंक र सेलपेबीच सहकार्य

Sep 06, 2019 05:47 PM Merolagani



नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना सबै ग्राहकहरूलाई डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा दिन भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज ९टप–अप० पाउने छन् । सेलपे मार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता ९क्यास ब्याक अफर० पनि पाउने बैंकले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरूले सेलपे मार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिनेछ ।

सेलपे सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ । 

इन्भेस्टमेन्ट बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत् सेवा पुर्याउदै आएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।