नेपाल पुर्नर्बीमा कम्पनीले माग्यो १ अर्ब ६० करोडको आईपीओ निष्काशन अनुमति

Sep 09, 2019 02:27 PM Merolagani



नेपाल पुर्नर्बीमा कम्पनी (NRICL) ले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रकृया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो। 

 

पुर्नर्बीमा कम्पनीले भदौ २२ गते आइतबार एक सय रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्काशनकोलागि बोर्डसँग अनुमति मागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नेछ। 

पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको ग्रेड २’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ।

गत जेठ ३१ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।