बीमा समितिले तोकेको पूँजी पुर्याउन दुई बीमा कम्पनीले मागे हकप्रद निष्काशको अनुमति

Sep 09, 2019 04:57 PM Merolagani



शेयर बजारमा सूचीकृत दुई इन्स्योरेन्स कम्पनीले १ करोड ३२ लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी कायम गर्न नसकेका इन्स्योरेन्स कम्पनीहरुले शेयरधनीहरुलाई हकप्रदको भारी बोकाएर न्युनतम चुक्ता पूँजी पुर्याउन लागेका हुन्।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न प्रुडेन्सियल इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग गरेका हुन्।

गुँरास लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ शेयरको अनुपातामा ९३ करोड ८५ लाख रुपैयाँ बराबरको ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेको हो।

इन्स्योरेन्सको हकप्रद निष्काशनपछि चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको २ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझै १३ करोड रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।

इन्स्योरेन्सको सत्रौ वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड  पुग्नेछ।

दुबै कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।