राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशिका २०७५, के छन् व्यवस्था ?

Sep 09, 2019 05:42 PM Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गरेको छ । 

 

राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिका अनुसार अब क्रेडिट कार्डको ऋण नतिरे कालोसूचीमा परिने भएको छ । यसअघि बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई मात्र कालोसूचीमा राख्ने गरेकोमा अब क्रेडिट कार्डबाट ऋणको उपभोग गरी नतिर्नेहरुलाई कालोसूचीमा राख्ने भएको हो।

त्यसैगरी संशोधित निर्देशिका अनुसार बैंकबाट ऋण लिएर अर्को व्यक्तिलाई ऋण दिन नपाइने भएको छ । यदी अन्य व्यक्तिलाई ऋण दिएको पाइएमा त्यस्तो ऋणलाई खराब ऋणमा परिवर्तन गर्नु पर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रिय बैंकले विकास बैङ्क तथा फाइनान्स कम्पनीले पनि सामूहिक लगानी कोष कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ । यसअघि वाणिज्य बैंकहरुले मात्रै सामूहिक लगानी कोष कम्पनी खोल्न पाउने व्यवस्था रहेकोमा सोमबार जारी गरिएको संशोधित निर्देशिकाले विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई पनि सामूहिक लगानी कोष कम्पनी खोल्न बाटो खोलिदिएको हो ।

त्यस्तै राष्ट्र बैंकले १ लाखभन्दा माथिको क्रेडिट कार्डको सूचना कर्जा सूचना केन्द्रलाई दिनु पर्ने जस्ता अन्य संशोधनहरु समेत गरेको छ ।

यस्तो छ राष्ट्र बैंकले गरेको बैंक तथा वित्तिय संस्थाको एकिकृत निर्देशिका २०७५ को संशोधन:





भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।