नेपाल लाइफले प्रविधिमैत्री बीमा कारोबारमा जोड दिने

Sep 10, 2019 05:43 PM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले प्रविधिमैत्री बीमा कारोबारले जोड दिने भएको छ। कम्पनीले पोखरामा आयोजना गरेको ब्रान्च म्यानेजर्स कन्फरेन्समा बोल्दै प्रमुख कार्यकारी अधिकृत विवेक झाले प्रविधिमैत्री कारोबारलाई जोड दिने बताएका हुन्।

प्रमुख कार्यकारी अधिकृत झाले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बीमा कारोबार अघि बढाउने बताएका हुन्। यस्तै एप्स मार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुने गरी कार्य गर्ने समेत जानकारी गराए।

उनका अनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको बताए।

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको उनले जानकारी गराए ।

कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा बृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिने उनको भनाई छ ।

इन्स्योरेन्सले भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको कन्फरेन्समा एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्नेलाई नगदसहित पुरस्कृत गरेको छ। एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको हो। त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको कम्पनीको लगानी ७२ अर्ब रुपैयाँ रहेको छ। यस्तै कम्पनीको जीवन बीमा कोष ६७ अर्ब संचित छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।