ब्लु बुक नवीकरण जरीवाना शुल्क १०० बाट ३२ प्रतिशतमा झर्यो, सवारीधनीलाई राहत

Sep 10, 2019 06:15 PM Merolagani



प्रदेश ३ सरकारले सवारी नविकरण जरीवाना शुल्क घटाएको छ। यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संसोधन गरेर प्रदेश सरकारले जरीवाना शुल्क घटाएको हो।

प्रदेश सभाको बैठकले संसोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको विधेयक प्रमाणिकरण भई ऐनको रूप लागू भएको छ। 

चर्को जरिवाना लगाएपछि उपभोक्ताले सवारी नवीकरणगर्न छाडेपछि जरीवाना शुल्क घटाउन तीव्र दवावमा रहेको यातायात कार्यालयले यसअघि निर्धारण गरेको शतप्रतिशत जरीवानाको व्यवस्थाबाट ६८ प्रतिशतले घटाएर ३२ मा झारेको हो।

अब सवारी साधनको ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ। यस अघि शतप्रतिशत जरिवाना लाग्ने भएपछि धेरै सवारीधनी यातायात कार्यालय पुगेर फर्कने गरेका थिए। 

जनताबाट चर्को दबाब खेपेपछि प्रदेश सरकारले यातायात कार्यालयसँगको छलफलपछि ऐन संशोधन प्रकृया थालेको थियो। प्रदेश सरकारको पछिल्लो निर्णयपछि सवारी नवीकरणका लागि अन्यौलमा रहेका सवारीसाधन धनीहरू नवीकरण शुल्क तिर्न यातायात कार्यालय पुग्न थालेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।