बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध

Sep 11, 2019 10:05 AM RSS



आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।

सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ । सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । 

पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ ।

डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए ।

उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ। यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।