ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

Sep 11, 2019 10:20 AM Agency



बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो सङ्कटतर्फ घचेटिने अवस्था आएको तथ्याङ्कले देखाएको हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयूसँग नयाँ सम्झौता गरेर वा सम्झौताहीन अवस्थामा भएपनि अक्टोबर ३१ इयूबाट बेलायतको बहिर्गमन भएरै छाड्ने धारणा आएको थियो। 

सो पश्चात आएको आर्थिक अध्ययन प्रतिवेदनमा बेलायतको बेरोजगार दर सन् १९७४ पछिकै कमजोर अवस्थामा पुगेको बताइएको छ। बेलायतको बेरोजगार दर गत जुन महिनामा ३.९ रहेको मा जुलाईमा आइपुग्दा ३.८ भएको छ ।

बेलायतको बार्षिक ज्यालादर भने सन् २००८ पछि पहिलोपटक बढेर चार प्रतिशत पुगेको छ । सतहमा हेर्दा तथ्याङ्क सकारात्मक देखिन्छ तर बेलायतको निम्न वेरोजगार दरले यहाँको उत्पादकत्वलाई प्रोत्साहन गरेको पाइन्छ। धेरै कामदारहरू आंशिकरूपमा जागिर खान्छन् अथवा अनिश्चित करारमा काम गर्ने हुँदा यसले कामका लागि तोकिएको निम्नतम समयको प्रत्याभूत गर्न नसक्ने विश्लेषकहरू बताउँछन् ।

“इयूबाट बाहिरिने भन्ने बेलायती राजनीतिक निर्णयका कारण रोजगारका अवसर प्रसंशनीयरूपमा बढेका देख्न सकिन्छ तर अर्थतन्त्रको वृद्धि भने निस्प्रभावी बनेको देख्न सकिन्छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।