इजरायली प्रधानमन्त्री नेतन्याहु रूसी समर्थन बटुल्न निर्वाचन पूर्व रूस भ्रमणमा जाँदै

Sep 11, 2019 12:14 PM Agency



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी साता रूसको भ्रमण गर्ने भएका छन्। उनको कार्यालयले मङ्गलबार सो जानकारी दिएको हो। नेतन्याहुको रूस भ्रमण सेप्टेम्बर १७ मा हुने निर्वाचनमा आफ्नो नेतृत्वका लागि रूसी समर्थन लिन हुन लागेको इजरायली विश्लेषकहरूले बताएका छन्।

नेतन्याहु रूसको सोचीतर्फ आगामी बिहीबार जाने कार्यक्रम तय भएको र त्यहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेने अपेक्षा गरिएको छ । निर्वाचन आउन केही हप्ता बाँकी रहँदा रूस भ्रमण गरेर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने उद्देश्यसहित त्यसतर्फ जान लागेको इजरायली सञ्चार माध्यमहरूले जनाएका छन् ।

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने र अर्को पटक समेत इजरायललाई नेतृत्व गर्ने सोचमा रहेका नेतन्याहुले इजरायली इतिहासमा सवैभन्दा लामो समय प्रधानमन्त्रीका रूपमा काम गरिसकेका छन्।

उनले आफ्ना प्रतिस्पर्धी राष्ट्रवादी इजरायल बेटेनु पार्टीका अभिडोर लिवरम्यानको प्रभाव क्षेत्र रहेको मानिने पूर्व सोभियत संघबाट इजरायल आई बसोबास गरेका मतदातालाई प्रभावित पार्न रूसको भ्रमण गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति पुटिन साथै विश्व नेताहरूसँग आफ्नो असल सम्बन्ध रहेको र इजरायललाई आफ्नो आवश्यकता पुष्टि गर्ने दाउका रूपमा विश्लेषकहरूले हेरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुले रूसी राष्ट्रपतिसँग सिरियामा इरानका गतिविधिबारे छलफल गर्ने र इजरायल तथा रूसबीचको सम्बन्ध विस्तारका लागि हुने बताएका उहाँको कार्यालयले जनाएको छ । इजरायलले इरानी हेजवुल्ला समूहलाई लक्षित गरी सिरियामा सयौँ हवाई आक्रमण गरिसकेको र सिरियामा इरानी उपस्थितिविरूद्ध सङ्घर्षरत रहेको बताउँदै आएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।