नेपाल इन्भेष्टमेन्ट बैंकको एक लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, कसले किन्न पाउँछ ?

Sep 11, 2019 01:30 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक एक लाख १४ हजार ७५१ कित्ता शेयर बिक्री खुल्ला भएको छ। बैंकका संस्थापक शेयरधनी तीर्थमाया पलान्चोके र रनु श्रेष्ठको नाममा रहेको संस्थापक शेयरको बिक्री खुल्ला भएको हो ।

बैंकका संस्थापक शेयरधनी तीर्थमायाको नाममा एक लाख १० हजार ६३२ कित्ता र रनु श्रेष्ठको ४ हजार ११९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा इन्भेष्टमेन्ट बैंकका हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र अथवा असोज २७ गते सोमबारसम्ममा इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरबारमार्गको शेयर रजिष्ट्रार विभागमा निवेदन दिनसक्ने व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको मूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४३३ रुपैयाँ रहेको छ। 

यस अवधि भित्रमा संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्डमा भने  बैंकले सर्वसाधारणलाई दोस्रो पटक बिक्री खुला गर्नेछ ।

हाल १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएर २६ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।