एप्पलले लञ्च गर्यो तीनवटा क्यामेरा भएको आइफोन , यस्ता छन् विशेषता

Sep 11, 2019 02:56 PM Agency



एप्पलले मंगलबार राति तीनवटा क्यामेरा भएको आइफोन लञ्च गरेको छ। यो सँगै एप्पलले तीन नयाँ आईफोन लञ्च गरेको छ। ती आइफोनको नाम आइफोन ११, आइफोन प्रो र आईफोन प्रो म्याक्स राखिएको छ ।

तीनवटै आइफोनको बुकिङ १३ सेप्टेम्बरबाट सुरु हुनेछ । भारतमा पनि २७ सेप्टेम्बरबाट नयाँ आईफोन उपलब्ध हुने बताइएको छ। यसका अलावा एप्पलका सीईओ टिम कुकले नयाँ गेमिङ सर्भिस ‘एफ आर्केड’, एप्पल वाच–५, टिभी प्लस सर्भिस र १०.२ इन्चको नयाँ आईप्याड पनि लन्च गरेका छन् ।

क्यामेरा पावरलाई ध्यानमा राखेर लन्च गरिएको हालसम्मको सबेभन्दा पावरफूल मानिएको आईफोन प्रो मा ५.८ को स्क्रीन रहनेछ । आईफोन प्रो म्याक्सको स्क्रीनको साइज ६.५ रहेको छ।

कम्पनीका अनुसार, आइफोन ११ को सुरुवाती मूल्य ७४९ अमेरिकी डलर हुनेछ। यसैगरी ३ वटा ब्याक क्यामेरा भएको आईफोन ११ प्रो बाट एकैपटक तीनवटै क्यामेराबाट भिडियो बनाउन सकिनेछ । यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहनेछ। ठूलो स्क्रीन भएको आईफोन ११ प्रो म्याक्सको सुरुवाती मूल्य एक हजार ९९ अमेरिकी डलर रहने बताइएको छ।

यसमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । जसमा १२ मेगा पिक्सल वाइड क्यामेरा, १२ टेलीफोटो क्यामेरा र १२ मेगा पिक्सल अल्ट्रावाइड क्यामेरा रहनेछ। आइफोन ११ को मुख्य विशेषता भनेको भिडियो रेकर्डिङका क्रममा नर्मल रेकर्डिङलाई अल्ट्रा वाइड एंगलमा परिवर्तन गर्न सकिनेछ।

कम्पनीले अन्य क्यामेराको तुलनामा नयाँ आइफोनबाट उच्च गुणस्तरको भिडियो सुट गर्न सकिने दाबी गरेको छ।

अर्काे वर्षसम्म एप्पलले २० करोड आईफोन विक्री गर्नसक्ने विश्लेषकहरुले बताएका छन्। यसको सबैभन्दा ठूलो बजार चीन रहनेछ।

-एजेन्सी 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।