सात वटा वाणिज्य बैंकले बुझाए राष्ट्र बैंकमा मर्जर प्रगति विवरण

Sep 15, 2019 06:40 PM Merolagani



नेपाल राष्ट्र बैंकमा सात वटा वाणिज्य बैंकले मर्जरमा जाने प्रगति विवरण बुझाएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई १० दिनभित्र मर्जर सम्बन्धमा प्रगति विवरण बुझाउन निर्देशन दिएको थियाे ।

राष्ट्र बैंकको अनुसार नविल बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, एनएमबि बैंक, जनता बैंक र सानिमा बैंकले राष्ट्र बैंकमा बिवरण पठाएका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगर्दै २२ वटा बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएका थिए । मौद्रिक नीतिमा मर्जर सम्बन्धी कठोर नीति नआएपछि बैंकहरु मर्जरबाट पछि हटेका थिए ।

पहिले मर्जरमा जाने प्रतिवद्धता नबुझाएका नविल र एभरेष्ट बैंकले पनि उपयुक्त जोडी खोजी भइरहेको भन्दै राष्ट्र बैंकमा पत्र पठाएको राष्ट्र बैंक श्राेतले बताएको छ ।

बैंकहरुले राष्ट्र बैंकमा बुझाएको मर्जरको प्रतिवद्धतापत्र अनुसार काम भइरहेको छ कि छैन भनेर प्रगति विवरण माग गरिएको हो । राष्ट्र बैंकले असार १२ गते पहिलाेपटक बैंकहरूसँग मर्जर प्रतिबद्धता माग गरेकाे थियाे । प्रतिबद्धता जनाएका बैंकसँग १० दिने समय दिएर प्रगति बिवरण मागिएकाे हाे ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले बैंकको संचालक समितिले निर्णय गरेर पठाएको प्रतिबद्धता बैंकहरुले कार्यान्वयन गर्नु पर्ने बताए । राष्ट्र बैंकले वाणिज्य बैंकमा भएको क्रस होल्डिङ शेयरको विवरण  प्राप्त गरिसकेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।