मल्टीपर्पस फाइनान्सको धितोपत्र सूचीकरण स्थगन गर्दै नेप्सेले सोध्यो ३ दिने स्पष्टिकरण

Sep 16, 2019 10:13 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्स (MPFL) को धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको छ।  धितोपत्र दाखिला खारेज बन्द (बुकक्लोज) सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले अर्को निर्णय नभएसम्मको लागि फाइनान्सको शेयर सूचीकरण स्थगन गरेको हो। 

मल्टीपर्पस फाइनान्सले एक सतापछि हुन लागेको साधारण सभाको बुकक्लोज सम्बन्धी सूचना सात दिन अगाडि नै नेप्सेमा जानकारी गराउनुपर्नेमा एक दिनअघि मात्र नेप्सेमा जानकारी गराएपछि नेप्सेले फाइनान्सको धितोपत्र सूचीकरण स्थगित गर्दै तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

नेप्सेले सात दिन अगावै के कति कारणले बुकक्लोजको सूचना पठाउन नसकिएको हो सो को जावाफ मागेको छ।

धितोपत्र दाखिला खारेज बन्द हुने सम्बन्धि सूचना त्यस्तो दाखिला खारेज हुनुभन्दा ७ दिन अगाडि सूचीकृत संस्थाले पेश गर्नुपर्ने कानूनी प्राब्धान रहेको छ । तर फाइनान्सले साधारण सभा प्रयोजनका लागि भदौ ३० गते देखि असोज ४ गतेसम्म बुकक्लोजको मिति निर्धारण गरिएको भन्दै बुकक्लोज अघिल्लो दिन अथार्त भदौ २९ गते मात्र नेप्सेमा जानकारी गराएको हो।

फाइनान्सले असोज ४ गते शनिबार दिउसको २ बजे संस्थाको केन्द्रिय कार्यालय राजविराजमा २० औ र २१ औ साधारण सभा हुने जनाएको छ । साधारण सभामा फाइनान्सले गाभ्ने/गाभिने तथा प्राप्ती गर्न उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थाको खोजि गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने तय गरेको छ।

पछिल्लो समय सूचीकृत कम्पनीहरुले सूचीकरण सम्झौता विपरितका कार्यहरु गर्दै आइरहेपनि फ्रन्ट लाइनर नियामक निकाय नेप्सेले भने स्पष्टिकरण सोध्ने र सचेत गारउनेब बाहेक कडा कारबाही गर्न भने सकेको छैन। 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।