बैंक तथा वित्तीय संस्थाकाे फाेर्स मर्जर गर्न नसकिने अर्थमन्त्रीद्वारा स्पष्ट,मर्जर प्रकृया के हाेला ?

Sep 17, 2019 04:51 PM Merolagani



राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरूलाई मर्जरमा कस्न लागेको भन्ने चर्चा चलिरहेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडा भने बाध्यकारी मर्जरको बिपक्षमा उभिएका छन् ।

नेपाल बैंकर्स संघले मंगलबार राजधानीमा आयोजना गरेको बैंकिङ समीटमा अर्थमन्त्रीले भने, सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको स्पष्ट पार्दै नेपालमा बाध्यकारी मर्जर गराउन संभव नरहेको बताए । 

भारतमा सरकारी बैंकहरूको मर्जर गर्न लागिएको बताउँदै अर्थमन्त्रीले नेपालमा सो अवस्था नरहेको स्वीकारे । उनले नेपालमा प्रोत्साहनमुलक मर्जर हुने बिश्वास दिलाए। अर्थमन्त्री खतिवडाको संकेत छ, नेपालमा सरकारी बैंकभन्दा पनि निजी बैंकहरूको मर्जर आवश्यक छ ।

अर्थमन्त्रीको यो प्रतिक्रिया आएसँगै बिभिन्न अडकलबाजी शुरू भएको छ। कार्यक्रममा उपस्थित सहभागीहरूले मर्जरकै लागि क्रस होल्डिँग र मर्जर प्रतिबद्दता मागिरहेको राष्ट्रबैंकको अभियानमा अब के फरक पर्छ भनेर चासाे व्यक्त गरेका थिए।

हालै मात्र विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकको संख्या १५ वटामा झार्न तथा चुक्ता पूँजी १६ अर्ब रूपैयाँ पुर्याउन सुझाव दिएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।