असोज १० गतेदेखि दसैंको लागि नयाँ नोट साट्न पाइने

Sep 18, 2019 07:10 PM Merolagani



नेपाल राष्ट्र बैंकले दसैंको लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ। बैंकले १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थालाई भने असोज दाेश्राे सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट असोज १० देखि मात्रै नयाँ नोट पाउनेछन् । 

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० का एक एक बण्डल गरि प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मका नयाँ नाेट उपलब्ध गराउन सक्नेछ। ५ सय र १ हजारका नाेट भने चाहे जति बितरण गरिने व्यवस्था गरिएकाे छ।

काठमाण्डाै उपत्यकामा  राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखा तथा नेपाल बैंकको काठमाडौं बैंकिङ्ग अफिस न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट सर्वसाधारणले रकम साटन पाउनेछन्।

यसैगरि कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखा मार्फत नयाँ नोट साट्न सकिनेछ।

यसअघि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट वितरण हुँदै आइरहेकोमा हाल थापाथलीमा नयाँ भवन निमार्ण भैरहेकाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण हुने भएको छ।

यस्तै राष्ट्र बैंकको उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका शाखा कार्यालयबाट पनि नयाँ नोट निरण हुनेछ भने निजी क्षेत्रका बैंकहरुलाई पनि केन्द्रीय बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म नयाँ सटहीका उपलब्ध गराउने भएको छ। 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।