एभरेष्ट बैंकको अग्राधिकार शेयरको कारोबार रोक्का

Sep 19, 2019 10:59 AM Merolagani



एभरेष्ट बैंक (EBLCP) को अग्रधिकार शेयरको कारोबार रोक्का बिहीबारदेखि भएको छ। बैंकले जारी गरेको ७ प्रतिशत अग्राधिकार शेयरको २० प्रतिशत शेयर साधारणमा परिवर्तन गर्न असोज २ गतेदेखि बुकक्लोज गरेकाले नेपाल स्टक एक्सचेञ्जले अग्राधिकार शेयरको कारोबार रोक्का गरेको हो । 

यसअघि ३ पटक अग्राधिकार शेयरलाई साधारणमा परिवर्तन गरिसकेको यस बैंकले असोज ९ गते चौंथो पटक अग्राधिकार शेयरलाई साधारणमा परिवर्तन गर्न लागेको हो।

बैंकले उक्त अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन गर्ने प्रयोजनका लागि बैंकले असोज २ गते बिहीबारदेखि असोज ३० गतेसम्म उक्त अग्राधिकार शेयरको शेयर दाखिला दर्ता बन्द गर्ने भएकाले शेयर कारोबार रोक्का गरिएको हो। अब असोज ३० गते पश्चात मात्र बैंकको अग्राधिकार शेयरको कारोबार गर्न मिल्नेछ।

बैंकले अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५ (क) मा उल्लेख भए बमोजिम बैंकले हरेक ३/३ वर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिवर्तन गर्नुपर्ने प्रावधान रहेको छ।यहि प्रावधान अनुसार बैंकले चौथो पटक अग्राधिकार शेयर हिस्सा घटाउन लागेको हो।

बैंकले कूल २० लाख कित्ता अग्राधिकार शेयर जारी गरेको थियो। सो मध्ये यसअघि तीन पटकमा १२ लाख कित्ता अग्राधिकार शेयर साधारणमा रुपान्तरण गरिसकेको छ। अब बाँकी रहेको ८ लाख कित्तामध्ये असोज ९ गते ४ लाख कित्ता शेयर साधारणमा रुपान्तरण गर्न लागेको हो । यसबाट पनि बाँकी रहेको ४ लाख कित्ता शेयर भने अबको ३ वर्षपछि मात्र सर्वसाधारणमा परिवर्तन गर्न मिल्छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।