पोखरा विमानस्थल तोकिएको समयमा नै सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

Sep 22, 2019 09:56 AM RSS



अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थल निरीक्षण गर्न पुगेका उनले पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीसँग विमानस्थलको कार्य प्रगतिहरु विमानस्थलका लागि थप जमीन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका समस्याबारे जानकारी लिँदै सो निर्देशन दिएका हुन्।

मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने-नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखेका थिए।

विमानस्थल प्रमुख मुनाकर्मीले मन्त्री खतिवडालाई हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउँदै तोकिएको मितिभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए। सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो ।

विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ । विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क (कटिङ र फिलिङ) सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ। टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए।

विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ ।

कूल २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म आठ अर्ब ५० करोड खर्च भएको छ। विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो। सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।