कामना सेवाकोे ओडि कार्ड सेवा शुभारम्भ

Sep 22, 2019 12:53 PM Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओभर ड्राफ्ट (ओडि) कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गते देखि सो सेवा शुभारम्भ गरेको छ।

बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका थिए।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओडि कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्तगर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त ओडि कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरीद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।

साथै, ओडि कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझतिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशकाविभिन्नभागहरुमा ९९ वटा शाखा तथा४५ वटा ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, इन्टरनेट र मोबाईल बैंकिङ्ग सि आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।