इवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा

Sep 23, 2019 02:25 PM RSS

पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ। कूल एक अर्ब ६० करोड लागतमा आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिएको हो।

अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । 

आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महीना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए।

एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए। पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ। हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ। यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पु¥याइएको छ ।

त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

आयोजनाले विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवद्र्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।