मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने, सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर

Sep 26, 2019 08:55 AM Merolagani



मेगा बैंक नेपाल लिमिटेड (MEGA) र गण्डकी विकास बैंकले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका छन्। मेगा बैंकले असोज ८ गते बुधबार गण्डकी विकास बैंक प्राप्ती गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको हो।

मेगा बैंकमा बुधबार भएको सैद्धान्तिक सहमतिपत्रमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए ) को आधारमा स्वाप रेशियो कायम हुनेछ । मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहनेछन् ।

सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर पश्चात बोल्दै मेगा बैंकका अध्यक्ष शाहले यो प्राप्ती पश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने बताए।

 

 

गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने उनले जानकारी दिए।

आषाढ मसान्त २०७६ को तथ्याङ्क अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आका ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।