गण्डकी विकास बैंकको शेयर कारोबार रोक्का

Sep 26, 2019 11:38 AM Merolagani



गण्डकी विकास बैंक (GDBL) को शेयर कारोबार रोक्का भएको छ । बैंकले असोज ८ गते बुधबार मेगा बैंकसँग प्रप्तिमा जाने सम्झौता गरेसँगै नेप्सेले बिहीबारदेखि गण्डकी विकास बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

गण्डकी विकास बैंकको नेप्सेमा  २ करोड ७५ लाख कित्ता साधारण शेयर  सूचीकृत छ

असोज ८ गते बुधबार मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो। 

मेगा बैंकमा बुधबार भएको सैद्धान्तिक सहमतिपत्रमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) को आधारमा स्वाप रेशियो कायम हुनेछ । मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहनेछन् ।

आषाढ मसान्त २०७६ को तथ्याङ्क अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।