एनएमबि र ओमको एकीकृत कारोबारको शुरुवात, चुक्ता पूँजी साढे ११ अर्ब पुग्यो

Sep 29, 2019 11:14 AM Merolagani



एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका छन्। बैंकले शनिबार गण्डकी प्रदेशको पोखरामा एक कार्यक्रमका बीच सोही प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा एकिकृत कारोबार सुरु गरेको हो। 

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति पाएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते अनुमति पाएको थियो। सो पश्चात बैंकले शनिबारदेखि एकिकृत कारोबार सुरु गरेको हो।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् । मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।

एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ र ओमको २ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।