विदेशी पर्यटकलाई अनुमति दिँदै साउदी, वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्य

Sep 29, 2019 12:26 PM Agency



साउदी अरेबियाले पर्यटनलाई बढावा दिनका लागि विदेशी पर्यटकलाई अनुमति प्रदान गर्ने भएको छ । साउदीले शुक्रबार विदेशी पर्यटकलाई आफ्नो मुलुक भ्रमणका लागि अनुमति दिने घोषणा गरेको हो । 

साउदीले सन् २०३० सम्म वार्षिक १० करोड आन्तरिक र बाह्य पर्यटकको लक्ष्यसहित उक्त योजना अघि सारेको हो । 

अर्थतन्त्रमा तेलको निर्भरता कम गर्न साउदीले पर्यटन क्षेत्रलाई बढावा दिने योजना अघि बढाएको हो । साउदीले पर्यटनलाई आयको नयाँ माध्यम बनाउन चाहेको बताइएको छ । 

साउदीले ४९ मुलुकलाई भ्रमणको अनुमति दिँदै महिला पर्यटकको पोशाकका लागि पनि केही लचिलो नीति अपनाउने निर्णय गरेको हो । यि देशका नागरिकहरुका लागि अनलाइन टूरिस्ट भिसा आवेदन सुरु गरिने बताइएको छ ।

योभन्दा पहिले साउदीले केबल विदेशबाट जागिरका लागि जाने कामदार, उनीहरुका परिवारजन र मक्का मदिना जाने मुस्लिम तीर्थयात्रीहरुका लागि भिसा जारी गर्दै आएको थियो ।

साउदीका पर्यटनमन्त्री अहमद अल–खातीबले हालको यो निर्णय मुलुकका लागि ऐतिहासिक क्षण रहेको बताए । साउदीले आगामी दिनमा पर्यटन क्षेत्रमा विदेशी लगानी पनि बढ्न सक्ने अनुमान गरेको छ ।

योसँगै अब साउदीमा विदेशी महिला पर्यटकले पूरा शरीर ढाक्ने कपडा लगाउनु जरुरी हुने छैन । तर उनीहरूले भड्किलो खालको कपडा भने लगाउन पाउने छैनन् । मदिरा माथिको प्रतिबन्ध भने जारी नै रहने बताइएको छ । एजेन्सी 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।