विदेशी पर्यटकलाई अनुमति दिँदै साउदी, वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्य

Sep 29, 2019 12:26 PM Agency



साउदी अरेबियाले पर्यटनलाई बढावा दिनका लागि विदेशी पर्यटकलाई अनुमति प्रदान गर्ने भएको छ । साउदीले शुक्रबार विदेशी पर्यटकलाई आफ्नो मुलुक भ्रमणका लागि अनुमति दिने घोषणा गरेको हो । 

साउदीले सन् २०३० सम्म वार्षिक १० करोड आन्तरिक र बाह्य पर्यटकको लक्ष्यसहित उक्त योजना अघि सारेको हो । 

अर्थतन्त्रमा तेलको निर्भरता कम गर्न साउदीले पर्यटन क्षेत्रलाई बढावा दिने योजना अघि बढाएको हो । साउदीले पर्यटनलाई आयको नयाँ माध्यम बनाउन चाहेको बताइएको छ । 

साउदीले ४९ मुलुकलाई भ्रमणको अनुमति दिँदै महिला पर्यटकको पोशाकका लागि पनि केही लचिलो नीति अपनाउने निर्णय गरेको हो । यि देशका नागरिकहरुका लागि अनलाइन टूरिस्ट भिसा आवेदन सुरु गरिने बताइएको छ ।

योभन्दा पहिले साउदीले केबल विदेशबाट जागिरका लागि जाने कामदार, उनीहरुका परिवारजन र मक्का मदिना जाने मुस्लिम तीर्थयात्रीहरुका लागि भिसा जारी गर्दै आएको थियो ।

साउदीका पर्यटनमन्त्री अहमद अल–खातीबले हालको यो निर्णय मुलुकका लागि ऐतिहासिक क्षण रहेको बताए । साउदीले आगामी दिनमा पर्यटन क्षेत्रमा विदेशी लगानी पनि बढ्न सक्ने अनुमान गरेको छ ।

योसँगै अब साउदीमा विदेशी महिला पर्यटकले पूरा शरीर ढाक्ने कपडा लगाउनु जरुरी हुने छैन । तर उनीहरूले भड्किलो खालको कपडा भने लगाउन पाउने छैनन् । मदिरा माथिको प्रतिबन्ध भने जारी नै रहने बताइएको छ । एजेन्सी 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।