तेलको मूल्य अप्रत्याशित रुपमा बढ्ने साउदी अरेबियाको चेतावनी

Sep 30, 2019 02:55 PM Agency



ईरानका साथ चलिरहेको विवादका बीच साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले ईरानलाई रोक्नका लागि दुनियाँको साथ नपाएमा तेलको मूल्य अप्रत्याशित रुपमा बढ्ने चेतावनी दिएका छन् ।

यसै महिनाको सुरुवातमा साउदीमा रहेको विश्वको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोको दुईवटा प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि प्रिन्स सलमानले उक्त चेतावनी दिएका हुन् । उक्त आक्रमणको जिम्मेवारी ईरान समर्थक हुथी विद्रोही समूहले लिएको थियो । उता अमेरिकाले पनि उक्त आक्रमणका लागि ईरान नै जिम्मेवार भएको बताउदै आइरहेको छ।

उनले पूरै विश्वका देशहरु ईरानका विरुद्धको कारबाहीमा शामेल हुनुपर्ने अन्यथा सबै देशले त्यसको नोक्सानी बेहोर्नुपर्ने बताएका छन् ।

अमेरिकाले ईरानका विरुद्ध लगाएको प्रतिबन्धमा पनि बढोत्तरी गरिदिएको छ । २० सेप्टेम्बरमा अमेरिकाले ईरानको केन्द्रीय बैंक र एउटा डेभलपमेन्ट फण्डलाई पनि प्रतिबन्धको दायरामा शामिल गरेको छ । साउदी तेल प्रशोधन केन्द्रमा भएको हमलापछि यो अमेरिकाको सबैभन्दा ठूलो कारबाही हो ।

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेर ईरानले युद्धको सुरुवात गरेपनि आफूले ईरानका साथ युद्धभन्दा राजनीतिक समाधान चाहेको सलमानले बताएका छन् । यदि युद्ध भएमा पूरै विश्वको अर्थव्यवस्था प्रभावित हुने उनले बताए । एजेन्सी




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।