युनिलिभर नेपालले लाभांश वितरण गर्न बोलायो साधारण सभा

Oct 01, 2019 12:30 PM Merolagani



युनिलिभर नेपाल (UNL) ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको २६ औं वर्षिक साधारण सभा आब्हान गरेको छ। 

शेयर बजारमा सबैभन्दा महंगो शेयरमूल्य रहेको कम्पनीले कार्तिक ७ गते बेलुका ४ बजे सिल्भर ओक ब्याड्क्वेट गैह्रिधारा काठमाण्डौंमा साधारण सभा बोलाएको हो । 

साधारण सभामा कम्पनीले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रति शेयर ७७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ। 

त्यसैगरी सभामा कम्पनीको स्वतन्त्र सञ्चालकमा ४ वर्षको लागि सुवास बज्राचार्यलाई पुर्ननियुक्ति गर्ने प्रस्ताव पनि लैजाने भएको छ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि असोज २२ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने भएकाले असोज २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्। 

असोज १४ गते धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । 

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु बिक्री गरी एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।