आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Oct 01, 2019 02:13 PM Merolagani

आशा लघुवित्त वित्तिय संस्था (ALBSL) को लाभांश सुरक्षित गर्ने असोज १४ गते मंगलबार अन्तिम दिन रहेको छ। लघुवित्तले लाभांश वितरण गर्न असोज १५ गते बुधबार बुकक्लोज गर्ने भएकाले मंगलबारसम्म कायम शेयरधनीले मात्र लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन्।

लाभांश वितरण गर्न लघुवित्तले कात्तिक ७ तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। सोहि प्रयोजनको लागि बुधबबार बुकक्लोज गर्न लागेको हो ।

साधारण सभामा लघुवित्तले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ।

हाल २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २३ करोड २२ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै सभाबाट आशा लघुवित्तले अन्य इजाजत प्राप्त 'घ' वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न, समझदारी पत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन दिन तथा मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अधिकार प्रदान गर्ने भएको छ ।

त्यसैगरी साधारणसभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सर्वसाधारण समुहको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत रहेको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।