शिवश्री हाइड्रोको आईपीओमा आवेदन खुल्यो

Oct 03, 2019 09:05 AM Merolagani



शिवश्री हाइड्रोपावर (SSHL) ले असोज १६ गतेदेखि सर्वसाधारणमा ३३ करोड ५१ लाख मूल्य बराबरको साढे ३३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ सम्म आवेदन दिन पाउनेछन् भने सो समयमा सबै आईपीओ बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ।

आईपीओमा आवेदन गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डमा आश्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि-आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन मार्फत पनि आईपीओ भर्न सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले धितोपत्र बोर्डबाट सर्वसाधारणमा आईपीओ निष्काशनको लागि असोज १ गते अनुमति पाएको थियो।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।