आर्थिक मन्दीको डरले एशियाली शेयर बजारमा गिरावट

Oct 03, 2019 12:03 PM Merolagani



विश्वमा आर्थिक मन्दी हुने डरसँगै यसको असर एशियाली शेयर बजारमा देखिएको छ । बिहीबारको सुरुवाती कारोबारमा एशियाका अधिकाँश शेयर बजारमा गिरावट देखिएको छ ।

बिहीबारको सुरुवाती कारोबारमा जापानको निक्केई २२५ सूचकमा २.२ प्रतिशतको गिरावट देखिएको छ भने अस्ट्रेलियाको एएसएक्स २०० सूचक २.१ प्रतिशतले घटेको छ ।

यसैगरी बेलायतको एफटीएसई १०० सूचक ३.२ प्रतिशतले घटेको छ । जबकि बुधबार अमेरिका र यूरोपको शेयर बजारमा पनि भारी गिरावट देखिएको थियो ।

अमेरिकाले ७ अर्ब ५० करोड डलर बराबरको यूरोपेली सामानमा शुल्क लगाएसँगै यसको असर विश्व शेयर बजारमा देखिएको बताइएको छ । यसबाट विश्व बजारका लगानीकर्ताहरुमा आर्थिक मन्दीको डर बढेको र यसबाट लगानीकर्ताहरु चिन्तित भएर शेयर बजारमा गिरावट देखिएको विश्लेषकहरुले बताएका छन् ।

यूरोपेली सामानमा शुल्क वृद्धिसँगै अमेरिका र यूरोपका बीच विश्व व्यापारमा एउटा अर्काे युद्धको सुरुवात हुनसक्ने बताइएको छ । एजेन्सी




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।