आर्थिक मन्दीको डरले एशियाली शेयर बजारमा गिरावट

Oct 03, 2019 12:03 PM Merolagani



विश्वमा आर्थिक मन्दी हुने डरसँगै यसको असर एशियाली शेयर बजारमा देखिएको छ । बिहीबारको सुरुवाती कारोबारमा एशियाका अधिकाँश शेयर बजारमा गिरावट देखिएको छ ।

बिहीबारको सुरुवाती कारोबारमा जापानको निक्केई २२५ सूचकमा २.२ प्रतिशतको गिरावट देखिएको छ भने अस्ट्रेलियाको एएसएक्स २०० सूचक २.१ प्रतिशतले घटेको छ ।

यसैगरी बेलायतको एफटीएसई १०० सूचक ३.२ प्रतिशतले घटेको छ । जबकि बुधबार अमेरिका र यूरोपको शेयर बजारमा पनि भारी गिरावट देखिएको थियो ।

अमेरिकाले ७ अर्ब ५० करोड डलर बराबरको यूरोपेली सामानमा शुल्क लगाएसँगै यसको असर विश्व शेयर बजारमा देखिएको बताइएको छ । यसबाट विश्व बजारका लगानीकर्ताहरुमा आर्थिक मन्दीको डर बढेको र यसबाट लगानीकर्ताहरु चिन्तित भएर शेयर बजारमा गिरावट देखिएको विश्लेषकहरुले बताएका छन् ।

यूरोपेली सामानमा शुल्क वृद्धिसँगै अमेरिका र यूरोपका बीच विश्व व्यापारमा एउटा अर्काे युद्धको सुरुवात हुनसक्ने बताइएको छ । एजेन्सी




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।