मार्जिन कारोबार अनुमति पाएका ब्रोकरहरुलाई सेवा सुरु गर्न धितोपत्र बोर्डको निर्देशन

Oct 03, 2019 01:46 PM Merolagani



नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार गर्न स्वीकृती पाएका धितोपत्र दलाल व्यवसायीहरु (ब्रोकर) लाई मार्जिन कारोबार सुविधा चाँडै उपलब्ध गराउन निर्देशन दिएको छ

बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” अनुरुप नेप्सेबाट तयार गरिएको कार्यविधिलाई स्वीकृति दिनुको साथै मार्जिन कारोबारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको व्याजदर हुने व्यवस्था गरिसकेको छ।

यस्तै मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत भैसकेको परिप्रेक्ष्यमा बोर्डले असोज १५ गते बुधबार एक  सूचना जारी गर्दै मार्जिन कारोवार सुविधा शीघ्र संचालन गर्न निर्देशन दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज मार्फत मार्जिन कारोबारको लागि स्वीकृति पाएका २१ ब्रोकर कम्पनी मध्ये ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले असोज १४ गते मंगलबारदेखि मार्जिन कारोबार सुरु गरिसकेकोे छ।

अन्य स्वीकृति प्राप्त गर्ने ब्रोकर कम्पनीहरुले पनि तत्काल मार्जिन कारोबार सुरु गर्नु पर्नेमा बोर्डले जोड दिएको छ।

नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोबार धितोपत्र बजारमा प्रवेश गरेको र यो सँगै ब्रोकरहरुको कार्यक्षेत्र पनि विस्तार भएको बोर्डको दाबी छ।

मार्जिन कारोबार सुबिधाले लगानीकर्ताको हित संरक्षण गर्न तथा दास्रो बजारमा कारोबार गर्नका लागि तरलता अभिवृद्धि भई बजार थप चलायमान हुनेमा बोर्डको विश्वास छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।