Thu, Sep 10, 2026
सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले कात्तिक १५ गते शुक्रबार बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल, काठमाडौँमा साधारण सभा बोलाएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ। साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।