सिर्जना फाइनान्सको हकप्रद खुल्यो, असोज ५ गतेसम्म कायम शेयरधनीले पाउने

Oct 04, 2019 11:08 AM Merolagani



सिर्जना फाइनान्स (SFFIL) को ६० प्रतिशत हकप्रद खुला भएको छ। फाइनान्सले असोज १७ गतेदेखि चुक्ता पूँजी ४६ करोड ७ लाख रुपैयाँको १०ः६ अनुपातमा २७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो।

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद प्रयोजनको लागि फाइनान्सले असोज ६ गते बुकक्लोज गरेकाले यस हकप्रदमा असोज ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन गर्न पाउनेछन्।

फाइनान्सको हकप्रदमा बिक्री प्रबनधक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आबेदन गर्न सकिनेछ। यस्तै सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरु, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन गर्न सकिनेछ। यसैगरी सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

हकप्रद शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ।

यस्तै रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सको हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँ पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।